logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

 कोभिडका कारण मेमा पुग्यो ‘आइफा अवार्ड’


अंकुरण खबर
1.716K
Shares

२२औं संस्करणको भारतको प्रतिष्ठित फिल्म अवार्ड ‘आइफा अवार्ड २०२२’ कोभिडका कारण सरेको छ ।

यो अवार्ड आगामी २० र २१ मेमा हुनेछ । अवार्ड आयोजकले विज्ञप्तिमार्फत अवार्डमा आउने विश्वव्यापी दर्शकको संख्यालाई ध्यानमा राख्दै तत्कालका लागि अवार्ड मेसम्म सारिएको जनाएका छन् ।

अवार्ड आबुधाबीको यस आइसल्यान्डमा हुनेछ । यसपटकको अवार्ड भारत स्वतन्त्रताको ७५औं उत्सव र युएईसँगको भारतको दौत्य सम्बन्धको गोल्डेन जुब्लीलाई समर्पित गरिनेछ । अवार्डको होस्ट अभिनेता सलमान खानले गर्नेछन् ।