logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्मिताको उपन्यास ‘हराएको मुस्कान’ लोकार्पण


अंकुरण खबर
949
Shares

गायिका स्मिता घिमिरेको पहिलो उपन्यास ‘हराएको मुस्कान’ सार्वजनिक गरिएको छ ।

काठमाडौंमा एक कार्यक्रमको बीच पुस्तक सार्वजनिक गरिएको हो । पुस्तक सार्वजनिकसँगै उक्त कार्यक्रममा विभिन्न १३ जना व्यक्तिहरूलाई सम्मान पनि गरिएको छ ।

स्व. तारानाथ शर्मा, विष्णु प्रभात, दिपक जंगम, कमल कोइराला, नवराज सुवेदी, कुन्ती मोक्तान, बलराम अर्याल, मनिषा कोइराला, उन्नति बोहोरा शिला, रमना श्रेष्ठ, बेन्जुसरोज श्रेष्ठ, डा।प्रकाश सायमी, डा. सुदीप श्रेष्ठलाई सम्मान गरिएको हो ।

‘हराएको मुस्कान’ लोकार्पण समारोहमा बटुकहरूबाट वेदोचरण गर्दै सम्मानित व्यक्तित्वहरूको हातबाट पुस्तक सार्वजनिक गरिएको थियो । कार्यक्रममा प्राज्ञ विष्णु प्रभातले पुस्तकको समीक्षा गरेका थिए । राजाराम फुयाँलले सम्पादन गरेको पुस्तकमा उपन्यासमा लेखिका स्वयम आफै ‘म’ पात्र भएर प्रस्तुत भएकी छन् ।

अभिनेत्री मनिषा कोइरालाले लेखिकाप्रति आफूले गर्व महसुस गरेको र जति समस्यामा पनि हाँसी रहने भन्दै प्रशंसा गरिन् । क्यान्सर रोगबाट पीडित कोइरालाले क्यान्सर लाग्दैमा डराइहाल्नु नपर्ने बताइन् ।

लेखिका घिमिरे पनि क्यान्सरबाट पीडित भएकी थिइन् । उनले आफ्नो आमाको नाममा ट्रस्ट खोलेर पीडितहरूको उपचार गराइरहेकी छन् । कार्यक्रममा स्मिता घिमिरेको स्वरमा रहेको नयाँ गीत भिडियोसहित सार्वजनिक गरिएको थियो ।