करिब १०० करोडको बजेटमा बनेको यश स्टारर फिल्म केजीएफ–२ ले इतिहास रचेको छ ।
भारतमा शानदार ओपनिङ गरेको फिल्मले कूल ओपनिङ डे कलेक्सन १३४.५ करोड रहेको छ । पहिलो दिन नै हिन्दी बेल्टमा ५३९५ करोडको व्यापार गर्यो । योसँगै फिल्मले पहिलो दिनमै बजेटको शतप्रतिशतभन्दा बढी कमाएको छ ।
यश बाहेक फिल्ममा सञ्जय दत्त र रविना टण्डन पनि छन् । फिल्मलाई प्रशान्त नीलले निर्देशन गरेका हुन् । फिल्म समीक्षक मनोबाला विजयबलनले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै केजीएफ(२ ले उद्घाटन दिनमा नै ५३.९५ करोड रुपैयाँ सङ्कलन गरेको बताए। फिल्मलाई ऐतिहासिक भएको भन्दै मनोबालाले केजीएफ–२ भारतको पहिलो फिल्म हो जसले बलिउड फिल्मलाई पनि पछाडि छोडेको बताए । यसअघि ऋतिक रोशनको वारले ५१ करोड र राजामौलीको फिल्म आरआरआरले २० करोड कमाएको थियो ।
केजीएफ–२ विश्वभर १० हजारभन्दा बढी स्क्रिनहरूमा रिलिज भएको छ। मिडिया रिपोर्टका अनुसार फिल्मको हिन्दी संस्करणले जम्मा ४४०० स्क्रिन पाएको छ । योसँगै यशको फिल्म दक्षिणमा २६ सय, विदेशमा ११ सय र अन्य भाषाका २९ सय स्क्रिनमा रिलिज भएको छ ।