logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माया बिछट्टैमा जिम्बे र लक्ष्मीको अभिनय (भिडियो सहित)


अंकुरण खबर
1.053K
Shares

गीतकार तथा मोडल जिम्बे राईको नयाँ गीत माया बिछट्टैको भिडियो सार्वजनिक गरिएको छ ।

राईकै शब्द सिर्जनामा तयार पारिएको माया बिछट्टै बोलको गीतमा गायक प्रताप दास र गायिका प्रविशा अधिकारीको स्वर छ ।

गीतमा संगीतकार ऋषि खड्काको संगीत सृजना छ भने विशाल निरौलाको एरेन्ज छ । भिडियोमा मोडल राईसँगै अभिनेत्री लक्ष्मी बर्देवाका अभिनय देख्न सकिन्छ ।

रंगमञ्चबाट आएकी अभिनेत्री लक्ष्मी र टिकटकबाट आएकी मोडल राईको माध्यमबाट निर्देशक बिक्रम चौहानले एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीलाई देखाएका छन् ।

सार्वजनिक गीतमा प्रकाश खड्काको छायांकन तथा मिलन विश्वकर्माको सम्पादन छ ।