logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संगीतकार कालीप्रसाद ३१ वैशाखमा क्लब प्लाटिनममा गुञ्जिने


अंकुरण खबर
1.703K
Shares

गायक, गीतकार तथा संगीतकार कालीप्रसाद बासकोटा यही वैशाख ३१ गते अर्थात मे १४ मा दरबारमार्गको क्लब प्लाटिनममा गुञ्जिने भएका छन् ।

‘कालीप्रसाद बासकोटा लाइभ’ नाम दिइएको कार्यक्रमको प्रस्तुतकर्ता पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट (पीभीइ) नेटवर्क हो ।

पीभीइ नेटवर्कका अनुसार विशेष डिजाइनमा तयार पारिएको लाइट, साउण्ड, एलइडी स्क्रिनमा काली सुनिनेछन् । कार्यक्रममा अन्य कलाकारहरुको आकर्षक नृत्य प्रस्तुति पनि हुनेछ ।

कालीका अनुसार कोभिड महामारीपछि काठमाडौंमा उनको यो पहिलो प्रस्तुती हुनेछ । उनले गाएका गीतहरु ‘जालमा’, ‘निर’, ‘साली मन पर्यो’लगायत लोकप्रिय छन् । काली केही समयअघि सम्पन्न गायन रियालिटी शो ‘सा रे ग म प’को निर्णायकसमेत हुन् । यसबाहेक उनले ‘नेपाल आइडल’को सिजन १, २ र ३ मा पनि निर्णायकको भूमिका निभाइसकेका छन् ।