गीतकार प्रकाश योन्जनको नयाँ सांगीतिक कोशेली’बिछोडको पिडा’ बजारमा आउने भएको छ ।
सिन्धुपाल्चोक निवासी योन्जनले आफ्नो सांगीतिक कोशेली पस्किने क्रममा ‘बिछोडको पिडा’ बोलको गीत बजारमा ल्याउन लागेका हुन ।
सार्वजानिक गर्न लागेको गीतलाई गीतकार प्रकाश योन्जनले लेखेका हुन भने, टिका बम्जनले संगीत भरेका छन ।
उक्त गीतमा गायक कर्ण राज गिरिको आवाज रहेको छ । गीतको म्युजिक भिडियोमा लाक्पा युटी शेर्पा र रमेश कंडेलको अभिनय रहने छ ।
उनी आफ्नो गीत दर्शकले मन पराउनेमा विश्वस्त रहेका छन् । गीतकार योन्जन ‘आमालाई चाहियो रे’ बोलको गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन ।