logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आमाको सम्झनामा आरसीको ‘आमा’ सार्वजनिक (भिडियो सहित)


अंकुरण खबर
2.548K
Shares

गायक आरसी रिमालको नयाँ गीत ‘आमा’ सार्वजनिक भएको छ ।

उक्त गीत गायक स्वयंको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा आमाले सन्तानका लागि गरेको त्यागको सम्झना गरिएको छ ।

राजिब रानामगरको शब्द रहेको गीतमा टीका बम्जनले संगीत भरेका छन् । गीतमा सुस्मा लिम्बु र दीपा तामाङको समूह स्वर छ ।भने  गीतलाई सागर शाक्यले एरेञ्ज गरेका हुन् ।

विद्या कार्की र समुन्द्र रिमालको अभिनय रहेको भिडियोमा बाल कलाकारद्वय श्रेयन्स रिमाल र रिवाज सिलवालको भूमिका पनि देख्न सकिन्छ । भिडियो निकै नै उत्कृष्ट बनेको छ । उक्त गीतको भिडियोमा कलाकारहरूको अभियन वास्तविक लाग्छन् ।

पिटर गुरुङले खिचेको भिडियोलाई विष्णुहरी तिमल्सिनाले सम्पादन गरेका हुन् । भिडियोलाई सिनेम्याटोग्राफर गुरुङले नै निर्देशन गरेका छन् ।

गीतको भिडियोलाई आराधना संगीत पाठशालाले प्रस्तुत गरेको हो ।