logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गायिका मिलन नेवारको  ‘हास तिमी’मा  सृजना र  सन्तोषको अभिनय (भिडियो सहित)


अंकुरण खबर
1.17K
Shares

गायिका मिलन नेवारको स्वर रहेको ‘हास तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार गीता गिरीको शब्द सृजना रहेको गीतमा विक्रम थापाको संगीत छ भने विसन मानन्धरको एरेन्ज रहेको छ ।

गीतको भिडियोमा सृजना निङ्लेखु र सन्तोष राईको अभिनय देख्न सकिन्छ । मोडल सन्तोष हेयर स्टाइलिस्टसमेत हुन् । बेलायतमा छायांकन गरिएको भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका हुन् ।

भिडियोमा निर्देशक कुशलकै सम्पादन र छायांकन छ । निर्देशक कुशलले अन्य थुप्रै समुदायका भिडियो एवं चलचित्रसमेत छायांकन र सम्पादन गरेका छन् ।