logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लन्डनमा नेपाल फिल्म फेस्टिभल


अंकुरण खबर
1.066K
Shares

थर्ड आईको आयोजनामा बेलायतको लन्डनमा पाँच दिने ‘नेपाल फिल्म फेस्टिभल’ हुने भएको छ । फेस्टिभलको नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्मस्का अध्यक्ष मनोज केसीले फेस्टिभलमा पाँच दिनसम्म १० वटा फिल्म प्रदर्शन गरिने जानकारी दिए ।

थर्ड आईका प्रमुख विकास देवकोटाको सक्रियतामा आयोजना हुन लागेको फेस्टिभलमा नेपालबाट करिब ३ दर्जन फिल्मकर्मी, पत्रकार, विज्ञापनदाता तथा विभिन्न क्षेत्रका मानिसहरुको सहभागिता रहनेछ । केसीका अनुसार फेस्टिभलको अन्तिम दिन फिल्मकर्मीहरुलाई सम्मान समेत गरिनेछ ।

आयोजकका अनुसार फेस्टिभल भदौको अन्तिममा हुनेछ । जसका लागि उनीहरुले तयारीसमेत सुरु गरिसकेका छन् । आयोजकले अब महोत्सवमा प्रदर्शन गरिने फिल्महरुको छनोट प्रक्रिया सुरु गरिएको बताएको छ ।

युट्युबमा नआएका, विभिन्न टेलिभिजन च्यानलबाट प्रशारण नभएका तर हलमा मात्र रिलिज भएका फिल्महरुमध्येबाट १० वटा फिल्मलाई महोत्सवमा सहभागी गराइनेछ ।