logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा प्रेमगीत-३ को राम्रो कमाई, पहिलो दिनमै कमायो डेढ करोड


अंकुरण खबर
1.391K
Shares

भारतमा सीमित शोका बावजुद नेपाली कथानाक चलचित्र प्रेमगीत-३ ले राम्रो कमाइ गरेको छ।

हलमा लागेको पहिलो दिन शनिबार यो फिल्मले भारतीय ९२ लाख रुपैयाँ जम्मा गर्न सफल भएको बलिउडका ट्रेड एनालिस्ट तरण आदर्शले बताएका छन्।

उनका अनुसार प्रेमगीत-३ ले भारतका सीमित हलमा अवसर पाएर पनि सरप्राइज कमाई गर्न सफल भएको हो।

प्रेमगीत-३ को सस्तो टिकट दरका कारण पनि हिन्दी फिल्मका दर्शकहरु हलसम्म पुग्न सकेको उनको भनाइ छ।

तरण आदर्शले दोस्रो र तेस्रो दल हलहरुमा अवसर दिइएमा प्रेमगीत-३ ले सन्देश छाड्ने गरी कमाइ गर्न सक्नेछ।

बलिउड हंगामाका अनुसार प्रेम गीत-३ ले शनिबार पहिलो दिन विश्वभर करिब साढे ७ करोड ७५ लाख नेपाली रुपैयाँको व्यापार गरेको छ।

प्रेम गीत ३ ले पहिलो दिन ४.८४ करोड भारतीय रुपैयाँ कमाएको हो। यो फिल्म भारतमा ५०० स्क्रिनमा रिलिज गरिएको थियो। भारतबाहेक ७०० स्क्रिनमा रिलिज गरिएको हो।

यो फिल्मले अमेरिकामा २४.३८ लाख, क्यानडामा ३.१५ लाख, बेलायतमा १.३८ लाख, अष्ट्रेलियामा ३०.२७ लाख भारु कमाइ गरेको बलिउड हंगामाले उल्लेख गरेको छ।