logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ऐना झ्यालको पुतलीले पायो एकै पटक चार अवार्ड


अंकुरण खबर
2.379K
Shares

नेपाली बक्स अफिसमा धिमा गतीमा राम्रो कलेक्सन गरेको फिल्म ‘ऐना झ्यालको पुतली’ले पाएको सफलताको खुबी चाहिँ तिब्र देखिएको छ।ओस्कारमा अन्तर्राष्ट्रिय फिचर विधा तर्फ प्रतिस्पर्धा गरिरहेको यो फिल्मले भारतमा एकैपटक चार विधामा अवार्ड प्राप्त गरेको छ।

सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ले  भारतको प्रतिष्ठित कौतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट फिल्मसँगै सम्पादन, अभिनेता र अभिनेत्री विधामा अवार्ड जितेको हो।

सम्पादक किरण श्रेष्ठ, अभिनेत्री कञ्चन चिमरिया र अभिनेतामा दिनेश खत्रीले अवार्ड उचाले।

दक्षिण कोरियाको बुसानमा प्रियिमर भएको फिल्मले यतिबेला अन्य मुलुकका फेस्टिभलमा समेत आफूलाई अघि बढाइरहेको छ।