logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चलचित्र ‘भस्मे डन’ निर्माण हुँदै, दसैँमा रिलिज


अंकुरण खबर
4.55K
Shares

केही समय अगाडि नेपाली कथानक चलचित्र ‘पशुपतिप्रसाद’को सिक्वेल निर्माण हुने समाचार बाहिरियो । यद्यपि, दर्शक र समीक्षक दुवैले मन पराएको यो चलचित्रको सिक्वेल कहिले आउँछ हालसम्म यकिन छैन ।

तर, सोही निर्माण युनिटले ‘पशुपतिप्रसाद’को मुख्य खलपात्र ‘भस्मे डन’ नामक चलचित्र निर्माण गर्ने भएको छ । चलचित्र ‘भस्मे डन’ फागुनको पहिलो साताबाट छायांकनमा जाँदै छ ।

कथा खगेन्द्र लामिछानेले लेखिसकेका छन् । निर्देशन ‘पशुपतिप्रसाद’का निर्देशक दीपेन्द्र के खनालले गर्नेछन् ।  

चलचित्रको मुख्य भूमिकामा ‘भस्मे डन’ अर्थात विपीन कार्की स्वयं हुनेछन् ।

चलचित्र    यही आउँदो दसैँमा रिलिज हुनेछ । दसैँको लामो बिदालाई लक्षित गरेर चलचित्र रिलिज गर्ने तयारीमा रहेको निर्माण स्रोतले जनाएको छ ।

‘भस्मे डन’ नेपाली सिने वृत्तसँगै आम मानिसले रुचाएको चरित्र हो । यही चरित्रमा देखिए पछि विपीन कार्की लोकप्रिय अभिनेतामा दरिएका थिए । र, उनको माग बढेको थियो । जुन आज पनि कायम छ । त्यसयता उनले थुप्रै सिनेमामा धेरै चरित्र निभाए पनि ‘भस्मे डन’लाई रिप्लेस गर्ने चरित्र आजसम्म आउन सकेको छैन ।

चलचित्र ‘पशुपतिप्रसाद’बाट विपीनसँगै निर्देशक दीपेन्द्र के खनाल रोजाइको निर्देशक र खगेन्द्र लामिछाने लोकप्रिय कलाकार बनेको थिए । चलचित्र ‘पशुपतिप्रसाद’मा पशुपतिप्रसाद, भस्मे डन र हनुमान मुख्य पात्र थिए ।