इन्डोनेसियामा करिब १०० बालबालिकाको मृत्यु भएपछि त्यहाँको सरकारले सबै प्रकारका झोल औषधिको बिक्रीमा रोक लगाएको छ । गाम्बियामा कफ सिरपका कारण लगभग ७० बालबालिकाको मृत्यु भएको घौनाको केही हप्तापछि इन्डोनेसियामा यो निर्णय भएको हो ।
इन्डोनेसियाले भनेको छ कि केही सिरप औषधिमा तीव्र मृगौला चोटपटक (एकेआइ) सँग सम्बन्धित पदार्थहरू फेला परेको थियो, जसले यस वर्ष ९९ साना बालबालिकाको ज्यान लिएको छ। औषधि आयात गरिएको हो कि स्थानीय उत्पादन हो भन्ने स्पष्ट छैन।