logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाण्डौ क्षेत्र नम्बर ५ मा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको घरदैलो अभियान तीब्र, आफु जित्नेमा पूर्ण विश्वास


अंकुरण खबर
2.08K
Shares

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले घरदैलो अभियानलाई तीब्र बनाएका छन् ।

आइतबार बिहान काठमाडौं महानगरको ५ नम्बर वडामा घरदैलो कार्यक्रम रहेका वरिष्ठ उपाध्यक्ष पोखरेललाई मतदाताहरुले स्वागत गर्नुको साथै जितको शुभकामना दिएका छन् ।

उनीहरुले पोखरेले यसअघि ५ वर्षमा गरेको कामबाट आफुहरु सन्तुष्टि रहेको बताउँदै अब पनि सोही क्षेत्रमा पोखरेललेनै जित्नुपर्ने बताए । उनीहरुले पाखेरेलले जितेर आएपछी बाँकी रहेका काम पनि पूरा गर्ने आशा व्यक्त गरेका छन् ।

घरदैलोमा रहेका पूर्वउपप्रधानमन्त्री समेत रहेका पोखरेलले आफ्नो जीवन जनताको सेवा रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘म विजयी भएर आएपछि बाँकी रहेका विकास निर्माणका काम पूरा गर्नेछु । जनताको घरदैलोमा रहेका पोखरेलले भने, मेरो पूरै जीवन तपाईहरूको सेवामै हाजिर छ ।’

उपाध्यक्ष पोखरेलले आफूले विगतमा पनि विकास निर्माण र जनताको दुःखमा साथ दिएको हुँदा आफूलाई विजयी गराउनेमा विश्वास व्यक्त गरेका छन् ।