logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रामकृष्ण ढकालको ‘अन्तिम पत्र’ सार्वजनिक


अंकुरण खबर
949
Shares

काठमाडौं – सुगम गायक रामकृष्ण ढकालको आवाजमा रहेको गीत ‘अन्तिम पत्र’ सार्वजनिक भएको छ । उक्त गीतको भिडियोलाई ओ एस आर डिजिटल युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

विछोडको भावलाई समावेश गरिएको निकै नै मार्मिक तथा समय सान्दार्भिक गीत ‘अन्तिम पत्र’ मा  रोजी राईको शब्द रहेको छ भने गीतमा नरेश लिङ्देङले संगीत भरेका छन् ।

विष्णु अधिकारीले एरेन्ज गरेको भिडियोमा चिरञ्जीवी अधिकारी, प्रियंका माझी, सौगात लगायतका कलाकारको अभिनय रहेको छ ।

उक्त भिडियोको निर्देशन चिरञ्जीवी अधिकारीले गरेका हुन् । भिडियोलाई सन्तोष राना मगरले सम्पादन गरेका छन् ।