logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चलचित्रले भन्दा चलचित्रका गीतबाट दर्शकले आफूलाई बढी चिनेको स्वस्तिमाको दाबी


अंकुरण खबर
3.445K
Shares

अभिनेत्री स्वस्तिमा खड्काले चलचित्रले भन्दा नृत्य गरेका चलचित्रका गीतका कारण आफूलाई धेरै दर्शकले चिनेको बताएकी छिन् ।उनले आफ्नो नृत्य रहेको गीत ‘साली मन पर्यो’ले युट्युबमा १० करोड भ्युज पाएको प्रसंगमा संगीतको महत्व आफ्नो करिअरमा सधै महत्वपूर्ण रहेको बताएकी छिन् । सबै खाले दर्शकमा पुग्न गीतसंगीतको विधा सहायकसिद्ध हुने उनको धारणा छ ।

‘मलाई आज पनि कति दर्शकले मैले अभिनय गरेको चलचित्रले भन्दा मेरो नृत्य रहेको चलचित्रका गीतहरूका कारणले चिनेको अवस्था छ । त्यसको उदाहरण ‘कुटुमा कुटु सुपारी दाना’ गीत हो ।

जुन आजसम्मकै सर्वाधिक हेरिएको गीतमा पर्न सफल छ’ स्वस्तिमाले फेसबुकमा लेखेकी छिन्, ‘अहिले आएर साली मन पर्यो’ गीतले पनि १० करोड पटक हेरिएर  तेस्रो सर्वाधिक हेरिएको गीतमा पर्न सफल भएको खुशी थपिएको छ ।’

स्वस्तिमाले नृत्य गरेको ‘कुटुमा कुटु सुपारी दाना’ युट्युबमा सर्वाधिक हेरिएको गीत हो ।

जुन गीतले अहिलेसम्म १८ करोड भ्युज पाएको छ ।