टंक बुढाथोकीको नयाँ गीत ‘रातो गुलाब’रिलिज भएको छ । उक्त गीतमा गायक टंक बुढाथोकी र कविता शिवाकोटीको स्वर सुन्न सकिन्छ । गीतको शब्द तथा लय संकलन पनि टंक बुढाथोकीको आफ्नै रहेको छ ।
शुक्रबार टंक बुढाथोकीले आफ्ना छोरा एआर बुढाथोकीको जन्मदिनको अवसर पारेर नयाँ गीत ‘रातो गुलाब’ रिलिज गरेका हुन् ।
गीतको भिडियोमा बाल कलाकार अशोक दर्जीदेखि अभिनेता पल शाह, गायक टंक बुढाथोकीलगायतका कलाकार देखिएका छन् ।
टंक बुढाथोकी, पल शाह र अशोक दर्जीसहित सो गीतको भिडियोमा टंकका छोरा एआर बुढाथोकी, बिना राउत, कविता शिवाकोटी, शोभित बस्नेत, अस्मिता सुनार ‘जेरी’ लगायतका कलाकारले अभिनय गरेका छन् ।
कविराज गहतराजले निर्देशन गरेको भिडियोलाई नवराज उप्रेटीले छायाँकन गरेका हुन् । भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेको छन् ।