logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘के लाई पिर लिन्छौ मायाले ’ मा दिक्पाल कार्कीको दमदार प्रस्तुति


अंकुरण खबर
2.795K
Shares

हिन्दू नारीको महानपर्व हरितालिका तीजलाई लक्षित गर्दै गीतसङ्गीत सार्वजनिक हुन थालेका छन् ।

केही वर्षयता तीजमा आउने गीत कला र संस्कृति दर्शाउनेभन्दा पनि भड्किलो भएको आरोप लागिरहेका सन्दर्भमा तीजको परम्परागत मान्यतालाई बोकेर नयाँ गीत ‘के लाई पिर लिन्छौ मायाले ’ सार्वजनिक गरिएको छ ।
बिरेन्द्र ढकालको शब्द,संगीत रहेको गीतमा पशुपति शर्माले र सुनिता बुढा क्षेत्रीले आवाज भरेका छन्। आदित्य बुढाथोकी निर्देशित यस गीतको भिडियोमा दिक्पाल कार्की,बिना राउत आदि कलाकारहरुले अभिनय गरेका छन् । यो गीतका शब्दहरु भने रमाईला छन् । विशुद्ध मनोरञ्जनका लागि गीत तयार गरिएको निर्माण टिमले जनाएको छ ।

अन्य कलाकारहरु पनि तीज गीत सार्वजनिक गर्ने तयारीमा जुटेका छन् ।