logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल आइडलमा ईसेवाबाट भोटिङ गर्न सकिने, आफ्ना मनपर्ने प्रतियोगीलाई यसरी जिताउनुस्


अंकुरण खबर
1.365K
Shares

काठमाडौं – नेपालको गायन रियालिटी शो नेपाल आइडलमा इसेवाबाट भोटिङ गर्न सकिने भएको छ ।

एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी ८ः३० बजे प्रसारण हुँदै आएको नेपाल आइडल सिजन तीनमा इसेवामाफत् भोटिङ गर्न सकिने भएको हो ।

इसेवाको एण्ड्रोइड तथा आइओएस मोबाईल एपमार्फत् आफुलाई मनपर्ने प्रतियोगीलाई भोट गर्न सकिने बताइएको छ। प्रतियोगीलाई एक पटकमा न्यूनतम एक भोटदेखि अधिकतम एक हजारसम्म भोट गर्न सकिन्छ।

भोटिङ शुक्रबार बेलुकी ८ः३० बजेदेखि सोमबार मध्यान्ह १२ बजेसम्म गर्न सकिन्छ ।

इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक हो। इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शूल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।