काठमाडौं – लामो समयदेखि अस्ट्रेलिया बस्दै आएकी गायिका एवम् हट नायिका स्मृति पोखरेलको स्वरमा ‘जुनेली रात’ बोलको गीत सार्वजनिक भएको छ ।
उक्त सार्वजनिक म्युजिक भिडियोमा दुई महिला बिचको प्रेम सम्बन्धलाई समेटेर बनाइएको छ । पछिल्लो समय नेपाली समाजले समलिंगी प्रेमलाई पनि सहज रुपमा लिन थालेको छ । नेपाली चलचित्रसँगै नेपाली म्युजिक भिडियोमा पनि समलिंगीहरुको प्रेमलाई समाजले स्वीकार्दै आएको छ ।
गीतमा गोविन्द प्रसाद उपाध्यायको शब्द रहेको छ भने अनिश श्रेष्ठको संगीत सुन्न सकिन्छ । ‘जुनेली रात’ लाई कुमार गुरुङले एरेन्ज गरेका हुन् ।
गीतको भिडियोमा स्वयं स्मृति पोखरेल र नव मोडेल नम्रता पौडेललाई फिचर्ड गरिएको छ । भिडियोमा महिला महिला बीचको शारीरिक मोहलाई देखाइएको छ ।
ललित थापाले निर्देशन गरेको भिडियोलाई राम सिंह भट्टले छायांकन गरेका हुन् ।