logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

नायिका आँचल शर्मा र उदीपद्धारा एक सय विपन्न परिवारलाई सहयोग


अंकुरण खबर
1.313K
Shares

नायिका आँचल शर्माले एक सय विपन्न परिवारलाई सहयोग गरेकी छिन् ।

लकडाउनका कारण समस्यामा परेका परिवारहरूलाई आँचल र उनका श्रीमान् उदीप श्रेष्ठले क्षेत्रपाटी क्षेत्रमा बसोबास गर्ने मजदुर परिवारलाई वितरण गरेका हुन् । आपतको समयमा सकेको सहयोग गर्नुपर्ने बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग गरेको उनको भनाइ छ ।

केही समय अगाडि मात्रै आँचल विवाह बन्धनमा बाँधिएकी थिइन् । विवाहमा लगाएको महँगो लेहेङ्गा र गरगहनाका कारण उनी निकै विवादित बनेकी थिइन्।

आँचलसँगै चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वहरू अहिले सहयोगमा जुटिरहेका छन् । कोही विपन्न परिवारलाई सहयोग गरिरहेका छन् भने कोही चलचित्र प्राविधिकहरूलाई सहयोग गरिरहेका छन् ।