logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता


अंकुरण खबर
3.094K
Shares

आर्थर गनले चिनिएका नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बनेका छन्।

अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली हुन्। उनी टप ५ मा प्रवेश गर्दै उपविजेता बन्न सफल भएका हुन्। टप ५ मा पुगेसँगै उनले फाइनल राउण्डका लागि प्रतिस्पर्धा गरेका थिए। तर भोट कम भएको हुँदा उनी उपविजेतामा चित्त बुझाउन बाध्य भएका हुन्।

सबैभन्दा धेरै भोट ल्याउँदै जस्ट साम अमेरिकन आइडलको विजेता बनिन्। दिवेशसँगै डिल्लोन जेम्स, जस्ट साम, जोन्नी वेस्ट, फ्रान्सिस्को मार्टिन टप ५ मा पुगेका थिए।

काठमाडौंको रविभवनमा जन्मेका दिवेश उच्च अध्ययनका सिलसिलामा सन् २०१४ मा अमेरिका गएका हुन्।