बलिउड फिल्म जगतकी चर्चित अभिनेत्री, नेपाली चेली मनिषा कोइरालाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको ट्वीटमा रि–ट्विट गरेपछि भारतीय मिडियाहरु एकाएक मनिषा कोइरालासँगै नेपालसँग खनिएका छन् ।
यता नेपालमा भने, प्रतिपक्षी दलदेखी, कलाकार, पत्रकार, अधिकारकर्मी एक कित्तामा छन् । यसैबीच नायिका ऋचा शर्माले सामाजिक सञ्जालमामा आफूले भारतीय मिडियाबाट दुई पैसे नौटंकीभन्दा बढी आशा नै नगरेको उल्लेख गरेकी छिन् ।
उनले सामाजिक सञ्जालमार्फत मनिषा कोइरालाले आफ्नो पौरख र प्रतिभाले नाम कमाएकी बताएकी छिन् । उनले लेखेकी छिन्, कसैको कृपा र परोपकारले उनी बलिउडमा छाएकी होइनन् ।
यस्तो छ उनको स्टाट्स: