logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

दुर्गेश थापाको तीज गीत ‘बिच्च बिच्चमा ३’ युट्युबको ट्रेन्डिङमा (हेर्नुहोस भिडियो)


अंकुरण खबर
1.872K
Shares

पछिल्लो समयका निकै नै चर्चित गायक दुर्गेश थापाले महिलाको कथावस्तुलाई फरक ढङ्गले प्रस्तुत गरेको यस वर्षको तीज गीत ‘बिच्च बिच्चमा ३’ युट्युमा ट्रेन्डिङमा रहेको छ।

उक्त गीत दुर्गेशले आफ्नो चर्चित गीत ‘बिच्च बिच्चमा’लाई नै यस वर्ष फरक शैलीले दर्शकमाझ ल्याएका हुन्। पछिल्लो समय ट्रेन्डमा रहेको बेसार शब्दलाई शीर्षक दिएको गीतमा वसन्त थापाको शब्द र थापाले नै संगीत भरेका छन् ।

गीतमा कोरोना भाइरसको महामारी र लकडाउनमा नेपाली समाजमा देखिएको जातीय विभेद, सीमा विवाद, राजनीति क्षेत्रमा भएको भ्रष्टचारलगायतको विषयवस्तुलाई समेटिएको छ।

गीतको भिडियोमा दुर्गेश थापा, काजिस श्रेष्ठ चिरन्जिवी सापकोटा, जीवन सहानी क्षेत्री, लोमस शर्मा, सन्तोष बानियाँ र प्रेम खड्काको उत्कृस्ट अभिनय रहेको छ ।

गीतलाई कृष्ण विक ‘भान्जा’ ले एरेन्ज गरेका हुन् भने श्यामस्वीट रसाइलीले मिक्सिङ गरेका छन् । उक्त गीतको भिडियोलाई  काजिस श्रेष्ठले निर्देशन गरेका छन् । अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।