logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फ्राइडे रिलिज : साम्राज्ञी र पुष्प खड्का अभिनित फिल्म ‘मारुनी’ रिलिज


अंकुरण खबर
2.301K
Shares

काठमाडौं – आजबाट साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का अभिनित फिल्म ‘मारुनी’ प्रर्दशनमा आएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित यो फिल्मले सोलो रिलिज पाएको छ ।

फिल्ममा साम्राज्ञी आरएल शाह, पुष्प खड्का र रेविका गुरुङको मुख्य भुमिका रहेको छ । उनीहरुको साथै फिल्ममा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेदै, विनोद भट्टराई, सुशिल क्षेत्री लगायत कलाकारको अभिनय रहेको छ । यो फिल्मबाट नायिका रेविका गुरुङ डेब्यु गर्दै्छिन् ।

फिल्मप्रति कलाकारहरु निकै आशावादी रहेका छन् । नवल नेपालले निर्देशन गरेको फिल्ममा पुनम गौतमको लगानी रहेको छ । सञ्जय लामाले खिचेको फिल्मलाई मित्र डी गुरुङले सम्पादन गरेका छन् ।