काठमाडौं – अनुप बिक्रम शाही र आँचल शर्मा अभिनित ‘तिम्रो शहर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोलाई ओ एस आर डिजिटलको यूट्यूब च्यानल मार्फत बजारमा ल्याईएको हो ।
उक्त गीतमा साहिमा श्रेष्ठको स्वर रहेको छ भने दिपक शर्माको संगीत तथा अमर बान्तुको शब्द रचना रहेको छ । गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् भने भिडियोमा पबित्रा आचार्यको कोरियोग्राफी रहेको छ ।
उक्त भिडियोको निर्देशन बसन्त निरौलाले गरेका छन् । दिव्य सुवेदीले छायांकन गरेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।