logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘डिसेम्बर फल्स’ मा उपासनाको इन्ट्री, बनिन् आर्यनको जोडी


अंकुरण खबर
1.339K
Shares

अभिनेत्री उपासना सिंह ठकुरी फिल्म ‘डिसेम्बर फल्स’ मा अनुबन्धित भएकी छन् ।

यस फिल्ममा आर्यन सिग्देल मुख्य भूमिकामा छन्। मंगलबार निर्माण टिमले ’डिसेम्बर फल्स’ मा उपासना छनौट भएको सार्वजनिक गरेको हो ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा रामप्रसाद रिजालको प्रस्तुति रहेका फिल्मलाई भारतीय फिल्म उद्योगमा कार्यरत प्रवीण झाले निर्देशन गर्दैछन् ।

फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा, सलोन बस्नेत, नागेन्द्र रिजाल, चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल,नरेश भट्टराईलगायतले अभिनय रहने छ ।