बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगरलाई थप हौसला प्रदान गर्नको लागि लोक दोहोरी गायिका तथा समाजसेवी आशा पुन मगरले आर्थिक सहयोग गरेकी छन् ।
गायिका पुनले रोकालाई रु. दश हजार रुपैयाँ नगद (१००००) आर्थिक सहयोग गरेकी हुन् । रुकुम (पूर्व) स्थायी घर भई हाल काठमाडौंमा बस्दै आएकी गायिका आशा पुन मगरले यति सानै उमेरमा सपनाले देखाएको हिम्मत र साहसिक कामको कदर गर्दै थप राम्रो कार्यको लागि हौसला पुगोस् भनेर उक्त रकम हस्तान्तरण गरेकी हुन् ।
सपना ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचिमा परेकी छन् । उनी सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि परेकी हुन । सपनाले तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् ।
