logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

आफूमाथि कुटपिट भएको भन्दै प्रहरीकोमा उजूरी दिन पुगिन् सुष्मा कार्की


अंकुरण खबर
2.184K
Shares

नायिका सुष्मा कार्की आफूमाथि कुटपिट भएको भन्दै प्रहरीमा उजूरी दिन पुगेकी छन् ।

काठमाडौंको लण्डन पब क्याफेमा आफूमाथि हातपात र गालीगलौज भएको भन्दै उनले महानगरीय प्रहरी वृत, दरबार मार्गमा उजूरी दिएकी हुन् ।

प्रहरीका अनुसार उनले आफूमाथि आरती खड्का र पत्रकार उत्सव रसाइलीले हातपात गरेको र गाली गरेको आरोप लगाएकी छन् । आरती नायिका स्वेता खड्काकी बहिनी हुन् ।

नायिका सुष्मा कार्कीले आफूलाई उत्सवले गाली गलौज गरेको र आरतीले कुटपिट गरेको बताइन् ।

यसबारेमा सुष्मासँग बुझ्न खोज्दा आफू प्रहरी परिसरमा रहेको बताइन् ।  ‘मसँग सबै भिडियो रेकर्डहरु छ । अब, जे बोल्छ भिडियोले नै बोल्छ’ उनले भनिन् ।

सुष्माले सोमबार राति निवेदन दिएको प्रहरीले जनाएको छ ।