logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नारायण र मेलिनाको स्वरमा सुधिर र प्रतिक्षाको अभिनय (भिडियोसहित)


अंकुरण खबर
910
Shares

चर्चित गायक नारायण थापा र चर्चित गायिका मेलिना राइको स्वरमा ‘तिम्रो आकर्षणले’ बोलको गीतको भिडियो भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ ।

उक्त सार्वजनिक गीतको भिडियोलाई वेष्ट म्यूजिक नेपालको यूट्यूब च्यानल मार्फत बजारमा ल्याईएको हो । निकै नै समय सान्दार्भिक गीतमा ‘तिम्रो आकर्षणले’ गीतकार आनन्द अधिकारीको शब्द रहेको छ भने शिखर सन्तोषले संगीत भरेका छन् ।

गीतको भिडियोमा पछिल्लो समय निकै नै भाइरल बनेका सुधिर श्रेष्ठ र प्रतिक्षा काफ्लेलाई प्रेमिल जोडीका रुपमा प्रस्तुत गरिएको छ । सुधिर पछिल्लो समयमा चल्तीका मोडल हुन् । प्रेम कथामा आधारित गीतले मायाँ प्रेमलाई नजिकबाट नियालेको छ । भिडियो निकै नै उत्कृष्ट बनेको छ ।

गीतको भिडियोलाई किरण कडेंलले एरेन्ज गरेका हुन् भने शम्भु कुमार तन्डुकारको मिक्सिङ रहेको छ । केशवराज भट्टले कोरियोग्राफी गरेका छन् ।

प्रकाश धितालले निर्देशन गरेको उक्त भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन् । भिडियोलाई बिकास दाहालले सम्पादन गरेका हुन् ।