बलिउड स्टार सैफ अलि खानको धेरै अन्तर्वार्ता धेरैले हेरेका छन् । उनी बलिउडमा रुचाइएका अभिनेतामा पर्दछन् । अब उनको एक विशेष अन्तर्वार्ता आउने भएको छ ।
हुन त दर्शक र फ्यानको लागि उनको अन्तर्वार्ता सबै खास नै हुन्छ तर यो पटक झन विशेष हुने भएको छ । किन भने उनको अन्तर्वार्ता उनकी पत्नी बलिउड अभिनेत्री करिना कपुरले लिने भएकी छन् । करीना कपुरले चलाउने रेडियो कार्यक्रम ‘वोट ओमन वांट’ रहेको छ । करिनाले यस कार्यक्रममा महिलाहरुको जीवन र उनीहरुको जीवन कहानीबारे बताउने गरेकी छन् ।
यो कार्यक्रमको दोस्रो शेसन सुरु हुने तयारीमा रहेको छ । जसमा यो पटक पुरुषहरुलाई बोलाउने र उनीहरुको जीवनको बारेमा बताइने गरिन्छ । यसमा पहिलो पुरुषको रुपमा सैफको अन्तर्वार्ता लिने तयारीमा रहेकी छन् । करिनाले सैफलाई प्रश्न सोध्ने र सैफले त्यसको जवाफ दिने छन् । उनीहरुले सोमबार मात्र कार्यक्रमको सुट गरेका छन् । जुन छिटै रेडियोमा आउनेछन । कार्यक्रमको दौरान खिचिएका तस्बिर भाइरल भएका छन् । एजेन्सी