काठमाडौं – मौलिक, कला, संस्कृति र भेषभुषालाई जर्गेना गर्दै चर्चित गायक तथा सर्जक किरण बाबु पुनको तिहार सम्बन्धि ‘हजुरको दैलोमा’ बोलको गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोलाई शंकरा डिजिटल स्टुडियोले व्यवस्थापन गरेको छ, जसलाई गायक किरण बाबु पुनको पर्सनल यूट्यूब च्यानल मार्फत बजारमा ल्याईएको हो।
उक्त गीतमा गायक तथा सर्जक किरण बाबु पुनको शब्द रहेको छ भने गायक पुनले नै संगीत भरेका छन् । गीतमा गायक किरण बाबु पुन, तुलसी घर्ती, करिश्मा घर्ती, तुलसा पुन (घर्ती) र वीरता पुनको आवाज रहेको छ ।
गीतको भिडियोमा अथार मगरात कलाकार संघको मौलिक भेषभुषा सहितको अभिनय रहेको छ । गीतलाई केशव बडुले एरेन्ज गरेका छन् भने कुमार सानु पुनले मिक्सिङ गरेका छन् । भिडियोको निर्देशन खबपु चञ्चल मगरले गरेका छन् । सागर गौतम राजेश बिसीले छायांकन गरेको भिडियोलाई राजकुमार मगरले सम्पादन गरेका छन् ।

नेपालीका आ-आफ्नै सस्कृति र भेषभुषा छन अथार मगरातको सस्कृति र भेषभुषालाई समेटेर तिहारको कोसेली स्वरुप पहिलो पटक देउसी भैलो गीत ल्याएका हुन् । विशेष गरि यस गीतको दृश्यमा अथार मगरातको मौलिक भेषभुषा प्रस्तुत गरेर छायांकन गरेको गायक किरण बाबु पुन बताउँछन् ।
उनले भने, “अथार मगरात कलाकार संघका साथीहरूले अभिनय गरेर साथ दिनु भएको छ । विगत देखि आजसम्म यहाँहरूको माया र साथ पाइरहेकै छु । यस्तै साथ यस गीतमा पनि पाउने अपेक्षा गर्दछु ।“