logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

प्रदेशीको कथामा आधारित ‘आजकालका मुनामदन’ सार्वजनिक (भिडियो सहित)


अंकुरण खबर
1.976K
Shares

प्रदेशीको कथालाई समेटेर बनाइएको ‘आजकालका मुनामदन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीत ओ आर एस डिजिटलको यूट्यूब च्यानल मार्फत बजारमा ल्याएको हो । जसलाई निकै नै रुचाईएको छ ।

देशको वास्तविक अवस्था र युवा पुस्ता विदेश पलाएन हुँदा यसले पार्ने नकारात्मक प्रभावलाई यस गीत मार्फत उजागर गरिएको छ । आफ्नो घर परिवार आफ्नो प्यारो देश छोडी सुनौलो भविष्यको खोजीमा गाउँघर शुन्य बनाएर जब मदनहरु प्रदेश जान्छन तब समयको चक्र फेरिदै जान्छ, अनि घरमा मुनाहरु अर्कैसँग भाग्न थाल्छन् भन्ने यथार्थलाई गीतकार काली प्रसाद रिजालले शब्दमा उतारेका छन् ।

उक्त सार्वजनिक गीतमा चर्चित गायक नाराायण थापाको स्वर रहेको छ । गीतमा गीतकार काली प्रसाद रिजालको शब्द तथा शिखर सन्तोषको संगीत रहेको छ । गीतलाई फडिन्द्र राइले एरेन्ज गरेका हुन् भने महेश्वर मनराज भण्डारीले मिक्सिङ गरेका छन् । आभुषण ईन्टरटेनमेन्टले अडियो भिडियो व्यवस्थापन गरेको भिडियोमा सागर लम्साल (बले), बेनिसा हमाल, सुरविर पण्डित ,लोकेन्द्र बहादुर मिश्र, लोमस पौडेल मनोज ओली, पबित्रा घले,  सुस्मिता अधिकारी, सुस्मिता बुढाथोकीको अभिनय रहेको छ ।

युवराज वाइवाको निर्देशन रहेको भिडियोलाई उत्सव दाहालले छायाकंन गरेका हुन् । बिकाश दाहालले सम्पादन गरेका छन् ।