logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बैवाहिक बन्धनमा बाँधिए ‘साइँली’का गायक हेमन्त राना


अंकुरण खबर
1.69K
Shares

‘साइँली’बाट निकै प्रशंसा पाएका गायक हेमन्त राना बैवाहिक बन्धनमा बाँधिएका छन् ।

अमेरिकामा बस्दै आएका उनले प्रेमिका माया अधिकारीसँग मंगलबार बिहे गरेका हुन् । उनीहरुको बिहे क्रिश्चियन परम्परा अनुसार भएको हो ।

‘सुन साइँली’ बोलको गीत गाएपछि चर्चामा रहेका उनी अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्छन् । गायक हेमन्त र मायाको बिहेमा उनका आफन्त, परिवार र साथीहरुको उपस्थिती थियो ।

हेमन्त र माया केही समयदेखि एक(अर्कालाई डेट गरिरहेका थिए ।