गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’मा उत्कृष्ट १२ प्रतिस्पर्धी छानिएको छ ।
हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी सो को तेस्रो सिजनका उत्कृष्ट १२ प्रतिस्पर्धी छानिएका हुन् ।
शनिबार सम्पन्न नकआउट राउन्डबाट चार जना कोचले उत्कृष्ट तीन(तीन जना प्रतिस्पर्धी छानेर लाइभ राउन्डमा लगेका छन् ।
उपाधिका लागि टिम दीपबाट आर्यन तामाङ, गोभिन पुन र जेनिस राई, टिम प्रमोदबाट किरण गजमेर, निहारिका ज्ञवाली र रवि गहतराजले प्रतिस्पर्धा गर्ने छन् ।
यस्तै टिम राजुबाट विजय ठाडामगर, सोनाम शेर्पा र तारा श्रीष र टीम तृष्णाबाट अफ्रिता खड्गी, ज्वाला राई र कर्णराज गिरीले प्रतिस्पर्धा गर्नेछन् ।
आगामी साताबाट द भ्वाइस अफ नेपालको लाइभ राउन्डका एपिसोडहरू प्रसारण हुनेछन् । योसँगै दर्शकका लागि भोटिङ राउन्ड पनि खुला हुनेछ ।