काठमाडौं – गायक रामकृष्ण ढकालको स्वरमा तिहार गीत ‘टीका माला’सार्वजनिक भएको छ । उक्त गीत लाई विन्दवासीनी म्युजिक प्राली बाट बजारमा आएको हो ।
सार्वजनिक गीत ‘टीका माला’बोलको गीतमा गायक रामकृष्ण ढकालको आवाज रहेको छ । रमेश बिजीको शब्द रहेको छ भने बिबी अनुरागीले संगीत भरेका छन् । गीतको भिडियोमा अभिनेत्री सरिता लामिछाने र गायक प्रकाश सपुतले अभिनय गरेका छन् ।
गीतमा प्रेम, धोका, कुलत तथा दिदी भाइबीचको आत्मीयतालाई तिहारको भाइटीकासँग जोडिएको छ ।
गीतलाई बिबी अनुरागीले एरेन्ज गरेका छन् । भिडियोको निर्देशन शंकर बिसीले गरेका छन् । दुर्गा पौडेलले छायांकन गरेको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका छन् ।