logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चर्चित र्‍यापर भिटेनको तिहार हिरासतमै


अंकुरण खबर
923
Shares

काठमाडौं – चर्चित र्‍यापर समिर लामा (भिटेन) लाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाउने भएको छ।

पक्राउ परेका भिटेनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सात दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाएको डिएसपी सन्तोष तामाङले जानकारी दिए। म्याद थप पछी अब उनि तिहार भरि हिरासतमै रहने भएका हुन् ।

पछिल्लो समय चर्चामा रहेको गीत ‘यस्तै त हो नि ब्रो’मा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरलाई लिएर पक्राउ गरिएको स्पष्ट पार्दै प्रहरीले उनलाई अभद्र व्यवहारको मुद्दा चलाएको हो ।

लामाले प्रहरी पोशाक लगाई लागुऔषध सेवन गरिरहेको फोटो आफ्नो फेसबुक प्रोफाइलमा समेत राखेको बताईएको छ । गीतमा प्रयोग गरिएका शब्द र तस्बिरका कारण देखाउँदै बिहीबार जाउलाखेलबाट उनी पक्राउ परेका हुन् ।