logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भूवन केसी भिलेन बनेको फिल्म ‘मिस्टर नेपाली’को ट्रेलर सार्वजनिक


अंकुरण खबर
1.443K
Shares

काठमाडौं – कार्तिक २९ गतेबाट प्रदर्शनमा आउने भूवन केसीको दोहोरो भूमिका रहेको फिल्म ‘मिस्टर नेपाली’ को ट्रेलरमा सार्वजनिक भएको छ ।

बिहिबार ‘ओएसआर डिजिटल’को अफिसियल युट्युब च्यानलबाट ट्रेलर सार्वजनिक गरिएको हो । जसमा केसी भिलेनको रुपमा देखिएका छन् ।

देव भुषालको कथा, पटकथा तथा संवादमा रहेको फिल्ममा निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ भने निर्माण प्रेमराज दाहालले गरेका हुन् ।

भुवनको अलवा फिल्ममा बिष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्मा लगायतका कलाकारको अभिनय छ । यो फिल्मबाट साहिल श्रेष्ठ र कुसुम राउत नव कलाकारको रुपमा देखा पर्दैछन् ।