logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आर्यन सिग्देलको फिल्म ‘च च हुई’ को पोस्टर सार्वजनिक


अंकुरण खबर
1.053K
Shares

काठमाडौं – मङ्सिर ६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘च च हुई’को पोस्टर सार्वजनिक भएको छ ।

फिल्मका मुख्य चार क्यारेक्टर प्रेम (आर्यन सिग्देल), भोला (भोलाराज सापकोटा), संगीता (मिरुना मगर) र श्यामलाल (माओत्से गुरुङ)को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो ।

पछिल्लो समय लभ स्टोरी जनराका फिल्ममा देखिदै आएका अभिनेता आर्यन सिग्देलको रोमान्टिक कमेडी जनराको फिल्ममा देखिएका हुन् ।

साम्तेन भुटियाको निर्देशन र सम्पादन रहेको फिल्ममा आर्यन, मिरुना, भोला, माओत्सेसँगै पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ल लगायत कलाकारको पनि अभिनय रहेको छ ।