logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शिल्पा र छविविरुद्ध बहुविवाह मुद्दा दर्ता : सर्वाेच्चकाे फैसलासँगै शिल्पालाई पक्राउ गर्न बाटाे खुल्याे


अंकुरण खबर
2.691K
Shares

अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाविरुद्ध काठमाडौं जिल्ला अदालतमा बहुविवाह मुद्दा दायर भएको छ।

सर्वोच्च अदालतमा शिल्पा पोखरेलले जिल्ला अदालतको पक्राउ पुर्जीविरुद्ध दायर गरेको निवेदनमा सरकारी वकिलको कार्यालयले जिल्लामा गत कात्तिकमै मुद्दा दायर भएको जानकारी गराएपछि यो रहस्य खुलेको हो । उनीहरु विरुद्ध जनही पाँच वर्ष कैद र पचास हजार जरिवाना माग गरिएको छ।

यसरी मुद्दा दायर भएपछि सर्वोच्च अदालतमा रहेको मुद्दा खारेज हुनुपर्ने बहस सरकारी वकिलको कार्यालयले गरेपछि मंगलबार सर्वोच्चमा रहेको मुद्दा खारेज भएको थियो।

सरकारी वकिलको कार्यालयले मुलुकी फौजदारी संहिताको दफा १७५ को उपदफा १, २ ,४ र ५ को अभियोग दाबी गरेको छ।

जिल्ला अदालतले  छवि ओझासँगको विवादमा जेठी श्रीमती हेमा कुमारी ओझाले बहुविवाह भएको दाबी गर्दै प्रहरीमा जाहेरी दिएपछि पक्राउ पुर्जी जारी गरेको थियो ।