logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

दिप सागर बुढा मगरको मौलिक कौराह गीत ‘अप्सरा’ सार्वजनिक (भिडियो सहित)


अंकुरण खबर
1.989K
Shares

हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएका गायक तथा सर्जक दिप सागर बुढा मगरको मौलिक कौराह गीतिएल्बम ‘अप्सरा’  गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतको भिडियोलाई दिप सागर बुढा मगरको यूट्यूब च्यानल मार्फत बजारमा ल्याईएको हो । गीत र भिडियोमा मगरहरुको मौलिक भेषभुषा र परम्परालाई नजिकबाट नियालिईएको छ ।

सार्वजनिक गीतमा पछिल्लो सयमयकी चर्चित गायिका तारा श्रीष मगर र गायक दिप सागर मगरको स्वर रहेको छ भने शब्द र संगीत पनि स्वयम गायकको नै रहेको छ । गीतलाई डोलराज बारघरे मगरले एरेन्ज गरेका छन् भने कुमार रानाले अडियो मिक्सिङ गरेका छन् ।

मारुनी डिजिटलले अडियो व्यवस्थापन गरेको भिडियोमा विजय पुन र चित्रा पुनको अभिनय रहेको छ ।

राज कुमार पुनको निर्देशन रहेको भिडियोलाई प्रकाश खड्काले छायाकंन गरेका हुन् भने दिप गुरुङको कोरियोग्राफर र दुर्गेश रानाको सम्पादन रहेको छ ।