हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएका गायक तथा सर्जक दिप सागर बुढा मगरको मौलिक कौराह गीतिएल्बम ‘अप्सरा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
उक्त गीतको भिडियोलाई दिप सागर बुढा मगरको यूट्यूब च्यानल मार्फत बजारमा ल्याईएको हो । गीत र भिडियोमा मगरहरुको मौलिक भेषभुषा र परम्परालाई नजिकबाट नियालिईएको छ ।
सार्वजनिक गीतमा पछिल्लो सयमयकी चर्चित गायिका तारा श्रीष मगर र गायक दिप सागर मगरको स्वर रहेको छ भने शब्द र संगीत पनि स्वयम गायकको नै रहेको छ । गीतलाई डोलराज बारघरे मगरले एरेन्ज गरेका छन् भने कुमार रानाले अडियो मिक्सिङ गरेका छन् ।
मारुनी डिजिटलले अडियो व्यवस्थापन गरेको भिडियोमा विजय पुन र चित्रा पुनको अभिनय रहेको छ ।
राज कुमार पुनको निर्देशन रहेको भिडियोलाई प्रकाश खड्काले छायाकंन गरेका हुन् भने दिप गुरुङको कोरियोग्राफर र दुर्गेश रानाको सम्पादन रहेको छ ।