logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जसले गरिन् ‘अंकल’ सँग बिहे


अंकुरण खबर
1.781K
Shares

अभिनेत्री करिना कपुरले अभिनेता सैफ अली खानसँग बिहे गरिन्। उनी सैफकी दोस्री श्रीमती हुन्। सैफले यसअघि अभिनेत्री अमृता सिंहसँग बिहे गरेका थिए।

अमृता र सैफको सन् १९९१ मा विवाह भएको थियो। त्यतिबेला करिना ११ वर्षकी थिइन्। बालिका करिना सैफ र अमृतालाई शुभकामना दिन बिहे भोजमा पुगेकी थिइन्। उनले सैफको वैवाहिक जीवनको शुभकामना दिँदै भनेकी थिइन्, ‘अंकल, बिहेको बधाई १’

कालान्तरमा उनै ‘अंकल’सँग करिनाले बिहे गरिन्, सन् २०१२ मा। उनीहरूको एक जना छोरा छन्, तैमूर। एक अन्तर्वार्तामा करिनाले एउटा शर्तमा सैफसँग बिहे गरेको बताएकी थिइन्। उनले सैफसँग बिहेपछि पनि आफूले काम गर्ने शर्त राखेकी थिइन् र सैफले स्वीकार गरे। एजेन्सी