logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एलिना चौहान र रञ्जन राईको स्वरमा ‘तिमी फूल हौ’ बोलको गीत सार्वजनिक (भिडियो सहित)


अंकुरण खबर
1.937K
Shares

पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान र गायक रञ्जन राईको स्वरमा ‘तिमी फूल हौ’ बोलको गीतको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ ।

उक्त गीतको भिडियोलाई एलिना चौहानको यूट्यूब च्यानल मार्फत बजारमा ल्याईएको हो ।

प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन्स डे’ नजिकिदै गर्दा सार्वजनिक गरिएको यो गीतले माया प्रेमको भावलाई निकै नै नजिकबाट नियालिईएको छ ।

सार्वजनिक गीतमा मित्र केसीको शब्द र खेम शरु मगरको संगीत रहेको छ । गीतलाई बिशाल निरौलाले एरेन्ज र अडियो मिक्सिङ गरेका छन् ।

अलङ्कार रेकर्डिङ स्टुडियोले अडियो व्यवस्थापन गरेको भिडियोमा मोडल द्वय विराज कार्की  र अनुजा सिंहको अभिनय रहेको छ । गीतको भिडियोमा विराज र अनुजाको माया प्रेमलाई देख्न सकिन्छ ।

नारायन मगरको निर्देशन रहेको भिडियोलाई मुकेश हुमगाईंले छायाकंन गरेका हुन् भने अविनास डिसीको सम्पादन रहेको छ ।