काठमाडौं – आउँदो भदौं १३ गतेबाट प्रदर्शनमा आउने फिल्म हो ‘मारुनी’ । फिल्मले प्रचार सामाग्रीका रुपमा पोष्टर र दुई गीत सार्वजनिक गरिसकेको छ । केही दिनमा ट्रेलर सार्वजनिक गर्ने तयारीमा निर्माण टिम लागेको छ ।
सार्वजनिक पोष्टर र गीतलाई हेर्ने हो भने, दर्शकले अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको केमेष्ट्रिलाई रुचाएका छन् । शुरुमा ‘जाम्न माया जाम’बोलको गीतबाट तारिफ पाएको टिमलाई दोस्रो गीत ‘सक्दिन न बाँच्न तिमि बिना’को दर्शक प्रतिक्रियाले थप उत्साहित बनाएको छ ।
साखगरी पुष्प र साम्राज्ञीको जोडी, उनिहरुको ड्रेसअप र गीतको मेकिङलाई दर्शकले रुचाएका छन् ।
फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् । अहिले इटहरी लगायतका केही जिल्लामा फिल्मको नयाँ शैलीमा प्रचार–प्रसार समेत भईरहेको छ । पूनम ईन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्ममा पूनम गौतमको लगानी छ । फिल्ममा पुष्प र साम्राज्ञीका साथमा रेबिका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ लगायतको मुख्य भूमिका छ ।
झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा लगायतका जिल्लामा सिपमूलक तालिमको प्रशिक्षण लिइरहेका प्रशिक्षार्थीहरुलाई ‘मारुनी’ फिल्मबारे जानकारी दिइने जनाईएको छ । यस किसिमको प्रचार–प्रसारले ग्रामीण क्षेत्रका दर्शकमा समेत फिल्मप्रतिको उत्सुकता बढ्ने छ ।
