logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विकासको संवाहक र जनताको दुख सुखको सारथी भएकाले एमालेलाई जिताउछौं : नागार्जुन २ वडाबासी


अंकुरण खबर
1.092K
Shares

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नागार्जुन नगरपालिकामा नेकपा एमालेले मतदाताबीच भेटघाट र घरदैलो अभियानलाई तिव्रता दिएको छ ।

नागार्जुन नगरपालिकालाई एमालेमय बनाउने योजनाका साथ घरदैलो अभियानमा लागेको एमालेका उम्मेदवारहरुले बताएका छन् । नागार्जुन २ मा शनिवार भएको घरदैलो अभियानमा आफ्नो वडाको साथै नागार्जुनको विकास र संवृद्धि नेकपा एमालेबाट मात्र संभव देखेकाले एमालेलाई जिताएरै छाड्ने भन्दै मतदाताले उल्लेख्य सहभागिता जनाएका छन् ।

यस अघि पनि एमालेले जिते पछि वडामा धेरै विकास भएको र जनताको हरेक दुख सुखमा साथ दिने एमाले भएकाले यस पटक पनि एमालेलाई जिताउनुको विकल्प नरहेको वडाबासीले जनाएका छन् ।

मतदाताले देखाएको अपार स्नेहका साथै सद्भावले आफ्नो टीम थप उत्साहित भएको र जित सुनिश्ति भएको वडा अध्यक्षका उम्मेदवार थुमराज केसीले बताए ।

घरदैलो अभियानमा नागार्जुन २ का नागरिकहरुले टिका र खादा लगाएर सगुन खुवाई जितको शुभकामना व्यक्त गरेका छन् ।