logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

लोक गीत “घिन घिन घिन्ताङ” को म्युजिक भिडियो छायांकन सम्पन्न


अंकुरण खबर
2.093K
Shares

नेपाली मौलिक लोक गीत “घिन घिन घिन्ताङ” को म्युजिक भिडियोको छायांकन गरिएको छ ।

गायिका मिलन नेवार र उत्सव सुब्बा लामाको सुमधुर स्वर रहेको गीतको म्युजिक भिडियोको छायांकन काठमाण्डौ र भक्तपुरको बिभिन्न स्थलहरुमा सम्पन्न भएको छ ।

म्युजिक भिडियोको निर्देशन सविन कुमार तोलाङगीले गरेका छन भने मोडलिङमा खेलाडी समेत रहेका दिपेन खड्का, उसा उप्रेती र जुना सुन्दास रहेका छन् । त्यस्तै भिडियोमा अन्य कलाकारहरु पार्वति गिरी र रेशम गुरुङ पनि रहेका छन् ।

कमल प्रसाद शर्माको निर्माण रहेको म्युजिक भिडियोमा छायांकन छायाँकार नवराज उप्रेतीको रहेको छ भने कोरियोग्राफर रबि सुनार,सिंगार बिमला तामाङ र मुख्य साहेक निर्देशन राजेन्द्र मर्हजनको रहेको छ । फोटोग्राफी अनिल बि.सिले गरेका छन् ।

उक्त गीतको शब्द सुरेन सिर्जन, संगित गायक उत्सव सुब्बा लामा र एरेन्ज, मास्टरीङ र मिक्सीङ संगितकार तथा गायक आर बि लामाको रहेको छ ।