बलिउड अभिनेत्री दीया मिर्जा र उनका श्रीमान् साहिल संघाले आफ्नो ११ वर्ष लामो वैवाहिक जीवनलाई टुङ्ग्याएका छन् ।
दीया मिर्जा तथा साहिलले सामाजिक सञ्जालमार्फत वैवाहिक जीवन टुंगिएको घोषणा गरेका हुन् । दीयाले आफ्नो सामाजिक संजालमार्फत साहिल र आफ्नो परिवारलाई धन्यवाद दिएकी छिन् ।
विवाह गरेको यत्तिका वर्षहरुमा कहिले पनि यो जोडीको सम्बन्ध बिग्रिएको खबर सार्वजनिक भएको थिएन । तर एकाएक डिभोर्सको घोषणा भएपछि समर्थक अचम्मित बनेका छन् ।
बलिउड अभिनेत्री दीया मिर्जाले फिल्म ‘रहना है तेरे दिल में’ मार्फत अभिनय यात्रा प्रँरम्भ गरेकी थिइन् । त्यसपछि उनले तुमको ना भूल पाएंगे, तुमसा नहीं देखा, दस, लगे रहो मुन्ना भाइ तथा संजू जस्ता उत्कृष्ट फिल्महरुलाई अभिनय गरेकी छिन् ।