logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

म्यान्चेस्टर युनाईटेडद्वारा टोटनह्याम हट्सपर पराजित


अंकुरण खबर
3.419K
Shares

प्रि–सिजन भ्रमणमा रहेको म्यान्चेस्टर युनाईटेडले इंग्लिस प्रतिद्वन्द्वी टोटनह्याम हट्सपरलाई पराजित गरेको छ । इन्टरनेसनल च्याम्पियन्स कप फुटबल अन्तर्गत गएराति चीनमा भएको खेलमा म्यान्चेस्टर युनाईटेड २–१ ले विजयी भयो ।

सांघाईमा भएको खेलमा युनाईटेडलाई विजयी गराउन एन्थोनी मार्सियल र एन्जल गोमेजले एक–एक गोल गरे । टोटेनह्यामका लुकास मौराले एक गोल फर्काए । प्रि–सिजन भ्रमणकै अर्को खेलमा स्पेनिस फुटबल क्लब जिरोनाले इंग्ल्यान्डको डर्बी काउन्टीलाई २–० ले हराएको छ ।

यसैगरी जर्मनीको होफनहाईमले टर्कीको ट्राबजन्सपोरसँग ३–३ गोलको बराबरी खेलेको छ ।