logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आउदी कप : रियल मड्रिडलाई पराजित गरी टोटनह्याम फाइनलमा प्रवेश


अंकुरण खबर
1.833K
Shares

काठमाडौं – प्रि सिजन टूर अन्तर्गत जर्मनीमा जारी आउदी कप अन्तर्गत टोटनह्यामले रियल मड्रिडलाई पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।

बार्यन म्युनिखको धरेलु मैदान एलियान्ज एरेनामा जारी प्रतियोगिताको उपाधिका लागि टोटनह्यामले बार्यनको सामना गर्ने छ । गएराति नै भएको खेलमा बार्यनले फेनरबाचेलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । एलियान्ज एरेनामा टोटनह्यामलाई जित दिलाउन कप्तान ह्यारी केनले २२ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

प्रि सिजन दूर अन्तर्गत एट्लेटिको मड्रिडँग ७–३ को फराकिलो अन्तरले हारेको रियलले अर्को पराजय बेहोरेको हो । गएराति नै भएको खेलमा टर्कीको फेनरबाचेलाई पराजित गर्न जर्मन च्याम्पियन बार्यनका लागि थोमस मुलरले ह्याट्रिक पूरा गरे । बार्यनले ५ गोल पहिलो हाफमा गरेको थियो । रेनाटो सान्चेसले २२औं मिनेटमा बार्यनका लागि पहिलो गोल गरेका थिए । २२ मिनेटको बीचमा बार्यनले ५–० को अग्रता लिएको हो । २८ औं मिनेटमा लियोन गोरेट्जकाले गोल गरे भने किंग्सले कोमनले ४०औं मिनेमा गोल गरेका थिए ।

थोमस मुलरले खेलको ३१ औं मिनेटमा र ४४औं मिनेटमा पेनाल्टीमा गोल गरी पहिलो हाफमा ५–० को अग्रता बनाएका थिए । दोस्रो हाफमा दुवै टोलीबाट १–१ गोल भयो । ५८औं मिनेटमा मुलरले ह्याट्रिक पूरा गर्दा फेनरबाचेका म्याक्स क्रुजले ६४ औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए ।