logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मेस्सी पुनः चोटग्रस्त, आजको खेलमा मैदानबाहिर


अंकुरण खबर
1.677K
Shares

बार्सिलोनाका प्लेमकेर लियोनल मेस्सीले पुनः चोट बोकेका छन् । चोट बोकेका कारण ला लिगाअन्तर्गत आज राति हुने रियल बेटिसविरुद्धको खेलमा मेस्सी मैदानबाहिर हुने भएका छन् ।

ला लिगाको पहिलो खेलमा पनि मेस्सी मैदानबाहिर थिए । सो खेलमा बार्सिलोना एट्लेटिको बिल्बाओसँग १–० ले पराजित भएका थिए । पिँडुलाको चोटबाट ग्रस्त भएका मेस्सी आजको खेलमा स्थान बनाउने अपेक्षा थियो । तर, अभ्यासका क्रममा उनी पुनः चोटग्रस्त भएपछि उनी मैदानबाहिर हुने भएका छन् । एजेन्सी